अष्ट्रेलियामा यो महिना ब्याजदर नबढ्ने


असार २०, मेलबर्न, अष्ट्रेलिया । रिजर्भ बैंक अफ अष्ट्रेलिया (आरबीए) ले ब्याजदरलाई ४.१ प्रतिशतमा रोकेको छ। मंगलबार एक सम्मेलन गर्दै यस महिना ब्याजदर वृद्धि नहुने आरबीएले जानकारी दिएको हो।

तर, मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्नुपर्ने चेतावनी भने दिएको छ।

आरबीए गभर्नर फिलिप लोवेले यस महिनाको नगद दर स्थिर राख्ने निर्णयका ठूला कारकहरूको रूपमा घट्दो मुद्रास्फीति र उत्पादकता ढिलो भएको उल्लेख गरेका छन्। आधार दर परिवर्तन गर्नु अघि थप आर्थिक डेटा हेर्नुपर्ने पनि उनले बताएका छन्।

२०२२ को मे महिनापछि आरबीए ब्याजदर स्थिर राखेको यो जम्मा दोश्रो पटक हो।

आफ्नो मौद्रिक विज्ञप्तीमा लोवेले मुद्रास्फीतिलाई ३ प्रतिशतभन्दा कमको लक्ष्य ब्यान्डमा ल्याउन थप वृद्धि आवश्यक पर्ने सम्भावना रहेको बताए।

हाल अष्ट्रेलियामा मुद्रास्फीति अझै ७ प्रतिशतको त्रैमासिक स्तरमा रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?