अष्ट्रेलियामा पेट्रोलको मूल्य पछिल्लो महिनाकै सबैभन्दा कम


असार २१, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा पेट्रोलको मूल्य पछिल्लो महिनाकै सबैभन्दा कम अवस्थामा पुगेको छ। अहिले अष्ट्रेलियामा समग्रमा पेट्रोलको भाउ प्रतिलिटर १.७५ डलर रहेको छ।

अष्ट्रेलियामा अझै केही दिन पेट्रोलको मूल्य ओरालो लाग्ने अपेक्षा गरिएको छ । यद्यपी, न्यु साउथ वेल्समा स्कूल बिदाहरू समाप्त हुने र अभिभावकहरू काममा फर्किने हुँदा पेट्रोलको मूल्य बढ्ने प्रबल सम्भावना रहेको छ।

सिड्नीमा लिड नराखिएको पेट्रोको औसत लागत हाल प्रति लिटर १.७७ रहेको जानकारी दिएको छ।

कमसेकका वरिष्ठ अर्थशास्त्री रायन फेल्सम्यानले पेट्रोलको मूल्य यस हप्ता निरन्तर घट्ने बताएका छन्। उनले भनेका छन्, ‘म मानिसहरूलाई आगामी केही दिनहरूमा आफ्नो ट्याङ्कीहरू भर्न प्रोत्साहित गर्नेछु।’

सिड्नीमा पछिल्लो समयमा लिड नराखिएको पेट्रोलको मूल्य सबैभन्दा घेरै १.९९ डलर थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?