मेलबर्नमा एक अस्पतालको छाना भत्कियो
असार २२, मेलबर्न, अष्ट्रेलिया । मेलबर्नको उत्तरपश्चिममा रहेको एउटा अस्पतालको छानाको एक भाग खसेको छ। उक्त घटनापछि धेरै बिरामीहरूलाई बाहिर निकालिएको छ।
दिउँसो करिब १२ बजे विकास निर्माणको काम गरिरहेको क्रेनले वारिङल निजी अस्पतालको छतमा प्यालेट खसालिदिएको बताइएको छ।
प्यालेटमा प्लास्टरबोर्ड सिटहरू भएका कारण उक्त प्यालेट खस्दा अस्पतालको छानाको एक भाग भत्किएको बताइएको छ। उक्त प्यालेटले पाइपमा समेत क्षति पुर्याएका कारण असपतालमा पानी बगेको बताइएको छ।
अस्पतालमा भर्ना बिहीबारको बाँकी समयका लागि स्थगित गरिएको छ। प्राविधिकहरूले क्षतिको विवरणको अनुसन्धान गरिरहेको बताइएको छ।