अष्ट्रेलियामा भेपले बढाउँदै समस्या, भेप सेवनकै कारण ८ दिनमा ६ जना अस्पताल भर्ना
असार २५, मेलबर्न, अष्ट्रेलिया । निकोटिन भेप सेवन गरेका कारण अष्ट्रेलियाको न्यु साउथ वेल्समा ६ जना अस्पताल भर्ना भएका छन्। भेप प्रयोग गरेपछि जुन महिनामा ८ दिनको अन्तरालमा ६ जना न्यु साउथ वेल्सको आपतकालीन विभागमा पुगेको पाइएको छ।
सिड्नी मर्निङ हेराल्डको रिपोर्ट अनुसार बिरामीहरूमा थकान महशुस गर्ने, बेहोस हुने र बान्ता गर्ने जस्ता लक्षणहरू देखिएका थिए।
यो अवस्थापछि न्यु साउथ वेल्सको स्वास्थ्य विभागले दक्षिण पश्चिम सिड्नी स्थानीय स्वास्थ्य जिल्ला अस्पतालका डाक्टरहरूलाई जुन २१ देखि २९ सम्म भएका हालैका घटनाहरूको बारेमा मेमो जारी गरेको छ।
अधिकांश घटनाहरू दक्षिण-पश्चिम सिड्नी क्षेत्रमा भएको विश्वास गरिएको छ।
सिड्नी मर्निङ हेराल्डको रिपोर्ट अनुसार स्वास्थ्य विभागले सोसल मिडिया प्लेटफर्म स्न्यापच्याटमा बिक्रेताहरूबाट केही भ्यापहरू खरिद भएको अनुमान पनि गरेको छ। भेपमा गरिएको अनुसन्धानबाट निकोटिनको मात्रा रहेको पाइएको छ।
अष्ट्रेलियामा पछिल्लो कानुन अनुसार निकोटिन युक्त भेप प्रेस्क्रिस्पसन बिना खरिद गर्न पाइँदैन। त्यस्तै, १८ वर्षभन्दा कम उमेरका व्यक्तिहरूलाई भेप बेच्नु गैरकानुनी समेत हो।
मेलबर्नमा मे महिनामा दुई हाई स्कूलका विद्यार्थीहरूलाई भेप प्रयोग गरेपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएपछ अस्पताल लगिएको थियो।