दुई वटा गाडीले ठक्कर दिँदा न्यु साउथ वेल्समा बाटो काटिरहेकी ६८ वर्षीया वृद्धाको मृत्यु


असार २५, मेलबर्न, अष्ट्रेलिया । न्यू साउथ वेल्सको सेन्ट्रल कोस्टमा एक महिलाको ज्यान जाने गरी भएको दुर्घटनामा एक पुरुषलाई अभियोग लगाइएको छ।

शनिबार साँझ वोय वोयको ओसियन बिच रोडमा बसबाट ओर्लिएपछि सडक पार गर्ने क्रममा ६८ वर्षीया वृद्धालाई दुईवटा कारले ठक्कर दिएका थिए।

पहिलो पटक दक्षिणतर्फ गइरहेको कारले ठक्कर दिएको थियो। त्यसपछि भुइँमा लडेकी उनलाई अर्को कारले पनि ठक्कर दिएको न्यु साउथ वेल्स प्रहरीले जानकारी दिएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो।

ती  वृद्धालाई ठक्कर दिएको पहिलो कारले बाटो काटिरहेकी उनीप्रति असावधानी अपनाएको आरोप लगाएको छ। तर, दोश्रो गाडीका चालकले भने गाडी रोकेर ००० फोन गरेर घटनाप्रति संदनशीलता देखाएको प्रहरीले बताएको छ।

उनलाई अनिवार्य परीक्षणका लागि अस्पताल लगिएको थियो। आइतबार बिहान प्रहरीले सेन्ट्रल कोस्टको घरबाट घटनामा संलगन फक्सवागनलाई नियन्त्रणमा लिएको थियो।

गुप्तचरहरू पछि त्यही घरमा फर्किए र २० वर्षीय युवकलाई पक्राउ गरे। उनलाई गाडीको ठक्करबाट मृत्युको अवस्था निम्त्याएपछि गाडी रोक्न र सहयोग नगरेको अभियोग लगाइएको थियो।

२० वर्षीय ती व्यक्तिलाई बुधवार १९ जुलाईमा गोसफोर्ड स्थानीय अदालतमा उपस्थित हुन सशर्त जमानत दिइएको छ।

दुर्घटनाको बारेमा जानकारी भएका जो कोहीलाई क्राइम स्टपरलाई खबर गर्न अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?