श्रीमतीको प्रेमीले यातना दिएको भन्दै फेसबुक लाइभ गरेर दुई बच्चासहित विष पिए


साउन ३, नयाँ दिल्ली । भारतको हनुमानगढ जिल्लाको पिलिबंगा थाना इलाकामा सोमबार एक व्यक्तिले आफ्ना दुई बच्चासहित फेसबुक लाइभ गरेर विष सेवन गरेका छन्।

स्थानीय पत्रकार पुरुषोत्तम दत्तका अनुसार पिलिबंगाबाट गम्भीर अवस्थामा जिल्ला अस्पताल लैजाँदै गर्दा ३० वर्षीय राजकुमारको मृत्यु भएको हो। दुवै बालबालिकाको उपचार भइरहेको छ।

घटना प्रत्यक्ष हेरिरहेका गाउँले तुरुन्तै घटनास्थल पुगेर तीनै जनालाई अस्पताल लगेका थिए। लाइभ भिडियोमा ती व्यक्तिले आफ्नी श्रीमती, श्रीमतीको कथित प्रेमी र अरूलाई आफू र बच्चाको मृत्युको लागि जिम्मेवार भएको आरोप लगाएका छन्।

भिडियोमा उनले रुँदै भनेका छन्, ‘हामी साढे दुई वर्षदेखि निकै दुखी छौँ। श्रीमती र उसको प्रेमीले हामीलाई यातना दिन्छन्।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?