राजदूत पोखरेलको एक वर्ष पुरा, यी हुन मुख्य १० उपलब्धि
साउन ४, मेलबर्न अष्ट्रेलिया ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले आफ्नो एक वर्षको कार्यकालमा गरेका कामहरुको सूची सार्वजनिक गरेका छन्। राजदूत नियुक्त भएको एक वर्षमा पोखरेलले गरेका महत्पूर्ण दश काम बुधवार सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन्।
राजदूत पोखरेलले सीमित साधन स्रोतका बाबजुद पनि दूतावासले सेवा दिइरहेको बताएका छन्। उनले अष्ट्रेलियामा नेपालीको आगमन उच्च रहेको भन्दै दूतावासमा कर्मचारी थप्नु पर्ने बताएका छन्। उनले विगतमा ५ हजार नेपालीलाई सेवा दिइरहेको जनशक्तिले अहिले एक लाख २२ हजार बढीलाई सेवा दिँदा केही समस्या भएको बताए।
उनले भने, दैनिक दुई सय फोन आउँछ, तर हामीले ५० जनाको मात्र फोन उठाउन सकेका छौँ। दैनिक १०० इमेल आउँछ अफिस समय बाहेकबाट भए पनि जवाफ दिईरहेका छौं।
पासपोर्टको माग अत्यधिक भएको र दूतावासको जनशक्तिले नभ्याउने भएकाले केन्द्रबाट पासपोर्टको थप घुम्तिटोली पनि माग गरेको बताएका छन्। उनले सेवालाई छिटो छरितो बनाउन दूतावासका लागि स्थायी कर्मचारी नेपाल सरकारसँग माग गरेको बताए।
विद्यार्थीहरू लगायत नेपालीहरूले भोगिरहेका सामाजिक, मनोवैज्ञानिक समस्याहरूलाई विभिन्न संघ संस्था समुदायहरूसँग मिलेर हल गर्ने थप प्रयास गरिरहेको बताए।
राजदूत पोखरेलले सीमित साधन स्रोतकाबीच पनि एक वर्षको अवधिमा केही महत्त्वपूर्ण कामको सूची सार्वजनिक गरेका छन्। उनले एक वर्षको अवधिमा ९ हजार २३५ पासपोर्टको प्रोसेस गरेको बताएका छन्।
दूतावासमा पासपोर्ट बनाउँदा लाग्ने शुल्क नगदमा तिर्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य, ६ ठाउँमा पासपोर्ट नवीकरण लगायत कन्सुलर, नेपाल-अष्ट्रेलिया बिच परराष्ट्र सचिवस्तरमा उच्चस्तरीय वार्ता, अष्ट्रेलियाबाट नेपालमा मन्त्रीस्तरीय भ्रमण, नेपाल-अस्ट्रेलिया संसदीय मैत्री समूह पुनर्गठन, नेपाल-अष्ट्रेलिया बैंकिं सम्बन्ध बढाउन पहल लगायतका काम राजदूत पोखरेको एक वर्षको कार्यकालमा भएका छन्।
२०७९ असार १२ गते पोखरेल अष्ट्रेलियाका लागि आवासीय राजदूतमा नियुक्त भएका थिए।
राजदूतमा नियुक्त भएपछि पोखरेलले एक वर्षको कार्यकालमा गरेका यी मुख्य १० कामहरु