सुन बरामद प्रकरण : रेडी ट्रेडर्सको नाममा बिहीबार पनि अर्को लटको सामान
साउन ५, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिमाणको सुन बरामद विषयमा अनुसन्धान गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ।
विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिले पाँच दिनदेखि बढीमा सात दिनभित्र प्रतिवेदन दिइसक्नुपर्ने समय पाएको छ।
समितिले विमानस्थलको भन्सार जाँचपासमा ककसको संलग्नता भएको भन्ने’दयगत छानबिन गर्नेछ। विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बासहित तीन जना कर्मचारीलाई कारबाही गर्न भन्सार विभागले अर्थ मन्त्रालयलाई सिफारिस गरिसकेको छ।
भन्सार कार्यालयका अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र भन्सार एजेन्ट यादव पराजुलीलाई भन्सार विभागले बिहीबार बिहानै निलम्बनको जानकारी दिइसकेको छ।
मंगलबार हङकङको क्याथे प्यासिफिक एयर हुँदै आएको सय केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भइसकेर ट्याक्सीमा लाँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको थियो।
मोटरसाइकल तथा स्कुटरको ब्रेकसुमा लुकाएर हङकङबाट तस्करी गरिएको सो सुन ट्याक्सीमा लैजान लाग्दा बरामद गरिएको हो। मंगलबार क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौं आएको जहाजबाट सो सुन काठमाडौं ल्याइएको थियो ।
बिहीबार नै रेडी ट्रेडर्सको नाममा अर्को लटको सामान आएपछि अनुसन्धान विभागको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को सामानमा पनि सुन नै हुनुपर्ने आशंकामा गएको थियो । तर, छानबिन क्रममा सो सामानमा भने सुन फेला परेको थिएन ।
सरकारले यसअघि ८८ किलो र ३३ किलोबाहेक ठूलो परिमाणको सुन पक्राउ गर्न सकेको थिएन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा बुधबार मध्याह्न ‘रेडी ट्रेड’को ८ बाकस सामान भन्सार जाँच हुँदै बाहिरिने तर्खरमा थियो ।यो समाचार राजधानी दैनिकमा छ।