अष्ट्रेलियामा फेरी क्वाड बाइक दुर्घटना, ९ वर्षीया बालिकाको मृत्यु
साउन ९, मेलबर्न, अष्ट्रेलिया । पश्चिमी अष्ट्रेलियाको माउन्टेन बाइक ट्रेलमा क्वाड बाइक दुर्घटनामा एक नौ वर्षीया बालिकाको मृत्यु भएको छ।
शनिबार साँझ ५ बजेतिर क्वाड बाइक पल्टिँदा ल्याङ्गफोर्ड पार्क, जारहडेलको ट्र्याकमा बाइकमा सवार बालिका उछिट्टिएकी थिइन्।
प्रहरीका अनुसार नौ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको थियो भने चालक समेत रहेका ३४ वर्षीय पुरुषलाई सामान्य चोटपटक सहित अर्माडेल अस्पताल लगिएको थियो।
“यस दुर्घटनाको बारेमा जानकारी भएका जो कोहीले वा दुर्घटनाको समयमा बाइक सवार भएको देख्ने कसैले क्राइम स्टपर्सलाई फोन गर्न अनुरोध छ,” प्रहरी प्रवक्ताले भनेका छन्।
पछिल्लो समय अष्ट्रेलियामा क्वाड बाइक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या बढिरहेको छ।