अष्ट्रेलिया र न्युजिल्यान्डका नागरिकहरूलाई यी दुई देश भ्रमण गर्दा पासपोर्ट नचाहिने विषयमा छलफल


साउन ११, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलिया र न्युजिल्यान्डका प्रधानमन्त्रीहरूबीच सुरक्षा वार्ता गरेका छन्। यदी यो वार्ता सफल भएमा यी दुई देशका यात्रुहरूलाई एक अर्को देशमा जानका लागि राहदानी आवश्यक नहुने सम्भावना भएको रिपोर्ट गरिएको छ।

एजेन्डामा व्यापार र सुरक्षा सम्बन्ध सुदृढ गर्दै न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्ससँग भेट्न प्रधानमन्त्री एन्थोनी अल्बानीज वेलिंग्टनमा पुग्नेका थिए।

उक्त वार्तामा “सिमलेस” ट्रान्स-तास्मान सीमा विषय पनि समावेश गरिएको थियो। जसको मतलब दुई देशहरू बीच यात्रा गर्ने नागरिकहरूलाई राहदानी आवश्यक नपर्ने उल्लेख गरिएको छ।

पर्यटन उद्योगले यसबाट महत्त्वपूर्ण आर्थिक वृद्धिको आशा गर्दै यस कदमको लागि जोड दिइरहेको छ।

सोही भेटमा २ देशका शीर्ष नेताहरूले नेताहरूले क्षेत्रको सुरक्षा र प्रशान्त क्षेत्रमा चीनको उदयबारे पनि छलफल गरेका छन्। प्रधानमन्त्री बनेपछि अल्बानीजको यो पहिलो न्यूजिल्याण्ड भ्रमण हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?