न्यु साउथ वेल्समा स्की दुर्घटनामा परी ७३ वर्षीय पुरुषको मृत्यु


साउन ११, मेलबर्न, अष्ट्रेलिया । न्यु साउथ वेल्सको हिमाली क्षेत्रमा स्की दुर्घटनामा परी ७३ वर्षीय पुरुषको मृत्यु भएको छ।

ती व्यक्ति बिहीबार दिउँसो १२.३० बजे थ्रेडबो रिसोर्टमा स्की दौडको छेउमा रहेको पोलमा ठोक्किएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ।

“अन्य स्कियरहरूले मेडिकल स्टाफको आगमन अघि सीपीआर सुरु गरे, तर उनको घटनास्थलमै मृत्यु भयो,” प्रहरी प्रवक्ताले भने।

मोनारो प्रहरी जिल्लाका अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्। रिसोर्टका प्रवक्ताले ७३ वर्षीय वृद्धको मृत्यु भएको पुष्टि गरे र  स्की गस्ती कर्मचारीले प्रहरीसँग काम गरिरहेको बताए।

“आज थ्रेडबो रिसोर्टमा स्कीइङ गर्ने क्रममा पुरुष पाहुनाको निधनले थ्रेडबो गहिरो दुःख व्यक्त गर्दछ,” उनीहरूले भने। “थ्रेडबो समुदायले उनको परिवार र साथीहरूलाई हार्दिक समवेदना व्यक्त गर्दछ।”

प्रहरीले कोरोनरको रिपोर्ट तयार गर्ने भएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?