एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा अनिल पोख्रेल निर्वाचित, महासचिवमा कुँवर र सचिवमा गुरुङ


साउन १३, मेलबर्न अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा अनिल पोखरेल विजयी भएका छन । शनिबार अन्य दुई प्रत्यासी डिला खरेल र देव बहादुर गुरुङलाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन्। संघको मुख्य पदमा पोखरेलकै टिमले बाजी मारेको छ।

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा अनिल पोख्रेल ५ हजार २६६मतसहित आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्ष पदमा उनीसँग डिला खरेल, देव गुरुङ प्रतिस्पर्धामा उत्रिएका थिए। उनका निकटतम प्रतिस्पर्धी देव गुरुङले ३ हजार ३८० मत पाएका छन्। यस्तै अध्यक्षका उम्मेदवार डिला खरेलले ३ हजार ३४७ मत पाएका छन्। तटस्थमा ६४० मत परेको छ।

अध्यक्षमा निर्वाचित भएपश्चात आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरुमा धन्यवाद ज्ञापन गर्दै पोख्रेलले उर्जालाई एकिकृति गर्दै समाज रुपान्तरणमा लाग्ने प्रतिबद्ता समेत ब्यक्त गरेका छन्। पोख्रेलले दुई वर्ष एनआरएनए अष्ट्रेलियाको कोषाध्यक्ष पदमा रहेर काम गरिसकेका छन्।

सन् २०२३–२५ को कार्यसमितिको महासचिवमा संन्तोष कुँवर, सचिवमा थिरबहादुर गुरुङ, कोषध्यक्षमा अर्जन गौतम, संयुक्त कोषाध्यक्षमा रोजी पन्त, नारि निकुञ्ज संयोजकमा संगिता भण्डारी चापागाईँ र युवा संयोजकमा सुमन बोहोरा निर्वाचित भएका छन् ।

आइसिसी सदस्यहरुमा डा। भरतराज पौडेल, डिल्लीराम ढकाल, दिनेश अधिकारी, मदनराज पोडेल, नारायण कुमार कटुवाल, रमेश अधिकारी, सुजन अधिकारी र टिकाराम टिका भुर्तेल विजयी भएका छन्।

त्यस्तै, राज्य र केन्द्र बीच समन्वय कायम गर्ने राज्य संयोजन समितिहरुमा पनि प्रमुख संयोजकसहित सबै पदाधिकारीहरु निर्वाचित भएका छन्। अस्ट्रेलियन क्यापिटल टेरिटोरीको संयोजकमा बिक्रम सुवेदी, न्यू साउथ वेल्समा बिनोद कुँवर, नर्थन टेरिटोरीमा संजिव ढकाल, क्विन्सल्याण्डमा सम्भु घइसे,साउथर्न अस्ट्रेलियामा संजयराज पुरी, तास्मानियामा जगदिश खड्का, भिक्टोरियामा मनिरत्न साप्कोटा र वेस्टर्न अस्ट्रेलियामा शेखर घिमिरे संयोजकका रुपमा निर्वाचित भएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?