अष्ट्रेलियामा उडीरहेका विमान ठोक्किँदा श्रीमान-श्रीमतीको मृत्यु
साउन १४, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा शुक्रबार भएको विमान दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु भएको पुष्टि भएको छ। उडिरहेका २ विमान शुक्रबार दिउँसो क्विन्सल्यण्डमा ठोक्किएका थिए।
प्रहरीले उक्त दुर्घटनामा ६० वर्षका दम्पतिको मृत्यु भएको बताएको छ। तर, विमान चालक भने सामान्य घाइते मात्रै भएको प्रहरीले जानकारी दिएको छ।
अष्ट्रेलियाको यातायात सुरक्षा ब्यूरोले दुर्घटनाको अनुसन्धान गरिरहेको छ। जबिरु J430 एक रनवेबाट उडिरहेको बेला पाइपर पावनी ब्रिस्बेनको उत्तरमा रहेको काबुल्चर एयरफिल्डमा क्रसिङ रनवेमा अवतरण गरिरहेको अवस्थामा ठोक्किएमा थिए।
धेरै फायर र एम्बुलेन्स चालक दलहरू यो घटनास्थलमा तैनाथ भएका थिए। उक्त दुर्घटनामा जबिरुका दुबै यात्रुहरूपायलट डेभिड म्याडर्न र उनकी श्रीमती जानको मृत्यु भएको पुष्टि भएको छ।
अर्को विमान सुरक्षित रूपमा अवतरण गर्न सफल भएको थियो। उक्त विमानका चालक भने सामान्य घाइते भएका थिए। अहिले उनको उपचार भइरहेको छ।