अष्ट्रेलियामा टेकअफ गर्न लागेको विमान रनवेमा घोडासँग ठोक्कियो, पाइलट गम्भीर घाइते
साउन १५, मेलबर्न, अष्ट्रेलिया । दक्षिण अस्ट्रेलियाको योर्क प्रायद्वीपमा टेक अफको क्रममा एउटा सानो विमान घोडासँग ठोक्किएको छ। उक्त दुर्घटनामा पाइलट गम्भीर घाइते भएका छन्।
प्रहरी र प्यारामेडिकहरू आइतवार बिहान ९ः २० बजे ब्रेन्टवुडमा घटनास्थलमा पुगे। पाइलट र यात्रुलाई नै विमानबाट उद्धार गर्न उद्धारकर्मीहरू सफल भएका छन्।
गम्भीर चोट लागेका ६३ वर्षीय पुरूष पाइलटलाई हेलिकप्टरमार्फत अस्पताल लगिएको थियो। उनको त्यहाँ उपचार भइरहेको जानकारी दिइएको छ।
विमानमा रहेकी ५६ वर्षीया महिला यात्रु भने सकुशल रहेको जानकारी प्रहरीले दिएको छ।
साउथ अष्ट्रेलिया प्रहरीले उक्त घोडा पनि जिवित रहेको बताएको छ।
दुर्घटना भएको विमान एक मनोरञ्जन विमान भएका कारण अष्ट्रेलियाली यातायात सुरक्षा ब्यूरोले यस दुर्घटनाको अनुसन्धान नगर्ने सम्भावना रहेको छ।
उड्डयन निकायले विरलै मनोरञ्जन र अल्ट्रालाइट विमान दुर्घटनाहरूको अनुसन्धान गर्ने बताएको छ।