के हो अष्ट्रेलियाको समुद्री तटमा फेला परेको अनाैठो वस्तु ? यस्तो छ अन्तरिक्ष एजेन्सीको अनुमान !


साउन १६, मेलबर्न, अष्ट्रेलिया । गत महिना (जुन)मा पश्चिमी अष्ट्रेलियाको जुरियन बे नजिकैको समुद्र तटमा फेला परेको एउटा रहस्यमय वस्तु भारतीय रकेटको टुक्रा भएको हुनसक्ने अनुमान गरिएको छ।

जुन १६ मा पर्थबाट करिब २२० किलोमिटर उत्तरमा रहेको ग्रीन हेडको किनारमा पखाल्दा एकोर्न आकारको वस्तु फेला परेको थियो। उक्त वस्तु फेला पर्दा अधिकारीहरू अचम्मित भएका थिए।

अष्ट्रेलियाको अन्तरिक्ष एजेन्सीले यो वस्तु स्याटेलाइट प्रक्षेपण वाहनको तेस्रो चरणबाट छुट्टिएको भग्नावशेष भएको अनुमान गरेको छ।

एजेन्सीले एक विज्ञप्तीमा मध्यम-लिफ्ट प्रक्षेपण वाहन भारतीय अन्तरिक्ष अनुसन्धान संगठनद्वारा सञ्चालित भएको जानकारी दिएको छ।

अष्ट्रेलियन अन्तरिक्ष एजेन्सीले उक्त भग्नावशेष सुरक्षित राखेको र यसबारे बुझ्न भारतीय अन्तरिक्ष अनुसन्धान संगठनसँग सहकार्य गरिरहेको बताएको छ।

असामान्य नै भएता पनि पछिल्ला वर्षहरूमा अष्ट्रेलियाका केही भागहरू अन्तरिक्ष यानका टुक्राहरू फेला परिरहेका छन्। गत वर्ष अक्टोबरमा स्पेसएक्ससँग जोडिएको रकेट टुक्राहरू  न्यु साउथ वेल्सको स्नोवी माउन्टेन्समा फेला परेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?