अष्ट्रेलियामा ऋणीलाई राहत, यो महिना ब्याजदर नबढाउने आरबीएको निर्णय


साउन १६, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा यो महिना ब्याजदर स्थिर हुने भएको छ। रिजर्भ बैंक अष्ट्रेलियाले एक वर्षभन्दा बढी अवधिमा पहिलो पटक लगातार दोश्रो महिना ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो।

आरबीए बोर्डले मंगलबारको बैठकमा जुलाईको निर्णयलाई प्रतिबिम्बित गर्दै ब्याजदर नबढाउने निर्णय गरेको हो।

गत वर्षको मे महिनामा ०.१ प्रतिशतको न्यून दरबाट ब्याजदर बढेपछि लगातार दोश्रो महिना ब्याजदर यथावत रहेको यो पहिलो पटक हो। आरबीएको निर्णयसँगै यो महिना ब्याजदर ४.१ प्रतिशतमा स्थिर रहने भएको छ।

आरबीएका गभर्नर फिलिप लोले आर्थिक दृष्टिकोण वरपरको अनिश्चितताका बोर्डले ब्याजदर रोक्ने निर्णय गरेको बताएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?