भिक्टोरियामा दिनदहाडै चक्कु प्रहार, घाइते ४ जना अस्पताल भर्ना


साउन १७, मेलबर्न, अष्ट्रेलिया । मेलबर्नको भित्री सहरको सडकमा चक्कु प्रहार गरी चार जनालाई घाइते बनाइएको छ। दिउँसो कै समयमा चक्कु प्रहार गरी घाइते बताइएका उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।

प्रहरीलाई ‘ट्रिपल-०’ मा फोन गरि बुधबार दिउँसो करीब १ः १५ बजे मुनी पोन्ड्सको पक्कल सेन्ट नजिकैको क्षेत्रमा बोलाइएको थियो। फोन गरेर उक्त क्षेत्रमा आक्रमण भएको रिपोर्ट गरिएको थियो।

स्थानीय प्रहरी र गुप्तचरहरूले रेलवे स्टेशन नजिकैबाट ३६ वर्षीय व्यक्तिलाई पक्राउ गरेका छन्। त्यस्तर्, घाइते चार जनाको अवस्था सामान्य नै भएको बताइएको छ।

भिक्टोरियाका प्रहरी प्रवक्ताले दिएको जानकारी अनुसार प्रहरी हिरासतमा रहेका ३६ वर्षीय पुरूषले अनुसन्धानमा सहयोग गरिरहेका छन्।

मुनी भ्याली क्राइम इन्भेस्टिगेशन इकाइका जासूसहरूले घटनाको वरिपरिको परिस्थितिको अनुसन्धान गर्दै घटनाका प्रत्यक्षदर्शीलाई सम्पर्क गर्न अनुरोध गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?