अष्ट्रेलियामा चर्चित कम्पनीका २ लाख गाडीमा समस्या, तत्काल सम्पर्क गर्न अनुरोध
साउन १८, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा माज्दा कम्पनीका गाडीहरूमा प्राविधिक त्रुटि देखिएपछि फिर्ता बोलाइएको छ। उक्त त्रुटीका कारण गम्भीर चोटपटक वा मृत्यु निम्तिन सक्ने चेतावनी सहित फिर्ता बोलाइएको हो।
२०१३ र २०२० को बीचमा बनाइएका करिब लाख माज्दा३ (BM, BN) र CX-3 (DK) मोडलहरू यस घोषणाबाट प्रभावित भएको बताइएको छ।
उत्पादनका क्रममा भएको वायरिङ त्रुटिले रियरभ्यू क्यामेरामा प्रभाव परेका कारण यो घोषणा गरिएको पूर्वाधार, यातायात, क्षेत्रीय विकास, सञ्चार तथा कला विभागले भनेको छ।
माज्दाले समस्या समाधान गर्न पार्टपुर्जाहरू उपलब्ध भएपछि प्रभावित सवारी साधनका मालिकहरूलाई लिखित रूपमा सम्पर्क गर्ने बताइएको छ। यो काम कम्पनीले निः शुल्क गरिदिने भएको छ।
थप जानकारीको लागि ग्राहकहरूले 1800 034 411 मा माज्दा ग्राहक सहायतालाई सम्पर्क गर्न वा [email protected] इमेल गर्न अनुरोध गरिएको छ।