अस्तु सेलाउन गएका शिक्षक नारायणी नदीमा बेपत्ता


साउन १९, काठमाडौँ । नारायणी नदीमा बगेर एक शिक्षक बेपत्ता भएका छन्। देवघाटस्थित नारायणीमा अस्तु सेलाउन गएका दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल आज बिहान बगेर बेपत्ता भएका हुन्।

उनी सवारी दुर्घटनामा परी दृत्यु भएका मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन देवघाट गएका थिए। रेमन्तको शव बिहीबार मात्र दाङको बबई घाटमा अन्त्येष्टि गरिएको थियो। लोकेन्द्र जाजरकोटस्थित चौरजहारीको एक विद्यालयमा पढाउने गर्थे।

नदीमा बेपत्ता लोकेन्द्रको खोजी भइरहेको इलाका प्रहरी कार्यालय देवघाटले जनाएको छ। नदी किनारमा उनको पर्स, मोवाइल, कपडा फेला परेका छन्। उनी नुहाउने क्रममा नदीले बगाएको अनुमान गरिएको छ। त्रिशूली र कालीगण्डकी मिसिने दोभानबाट उनलाई बगाएको पाइएको छ। खोजीका लागि गोताखोर झिकाउने कोशिस भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?