अष्ट्रेलियामा ५.६ म्याग्निच्युडको भूकम्पको धक्का
साउन २१, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा भूकम्प गएको छ। अष्ट्रेलियाको दक्षिण पश्चिमी क्षेत्रमा गएको भूकम्पको धक्का पर्थसम्मको महसुस गरिएको छ।
उक्त भूकम्प ५.६ म्याग्निच्युडको भएको बताइएको छ।
स्थानीय समय अनुसार आइतबार बिहान ५ बजेर ३४ मिनेटमा जियोसाइन्स अष्ट्रेलियाले ५ किलोमिटर गहिराइमा भूकम्प गएको जाननकारी दिएको छ। भूकम्पको धक्का राज्यको दक्षिणी तटमा रहेको ग्नोवाङ्गरपको उत्तरपूर्वमा आएको थियो।
धेरै मानिसहरूले उनीहरूले भूकम्पको धक्का महसुस गरेको बताएका छन्। कतिपयले सामाजिक सञ्जालमा समेत भूकम्पबारे लेखेका छन्।
भूकम्पबाट अष्ट्रेलियामा सुनामीको खतरा नरहेको मौसम विज्ञान विभागले जनाएको छ।