अष्ट्रेलियामा विषालु च्याउ खाँदा ३ जनाको मृत्यु
साउन २२, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा विषालु च्याउ खाएर तीन जनाको ज्यान गएको छ। दक्षिण गिप्सल्याण्डमा जंगली च्याउ खाँदा तीन जनाको मृत्यु भएपछि अधिकारीहरूले अनुसन्धान सुरू गरेका छन्।
६६ र ७० वर्षका दुई दिदीबहिनीको अगस्ट ४ मा अस्पतालमा निधन भएको थियो। त्यस्तै, ७० वर्षीय एक व्यक्तिको अगस्ट ५ मा अस्पतालमा मृत्यु भएको थियो। ६८ वर्षीय पुरुषको भने अस्पतालमा उपचार भइरहेको छ।
आइतबारको अपडेटमा भिक्टोरिया प्रहरीले जासूसहरूले लिओन्गाथाको एक निवासमा खोजी गर्नका लागि वारेन्ट लिएको बताएको छ।
त्यसपछि उनीहरूले ४८ वर्षीया लिओन्गाथा महिलासँग सोधपुछ समेत गरेको बताइएको छ। उनी अहिले प्रहरी हिरासतमुक्त भइसकेकी छन्।
“घटनाको वास्तविक परिस्थितिको वरिपरि अनुसन्धान जारी छ र प्रहरीले यस विषयमा स्वास्थ्य विभागसँग सम्पर्क गरिरहेको छ,” भिक्टोरिया प्रहरीले भनेको छ।
गत जुलाइ ३० मा लिओनगाथाको एक घरमा खाजा खाएपछि उक्त समूह बिरामी परेको थियो। उनीहरु सबैलाई भोलिपल्ट लियोनगाथा अस्पताल लगिएको थियो जहाँ उनीहरुको अवस्था थप जटिल बन्दै गएर मृत्यु समेत भयो।
उनीहरूले कुन प्रजातीको च्याउ खाए भनेर पहिचान हुन नसकेको बताएको छ।