क्विन्सल्याण्डमा दुर्घटना भएको सैन्य हेलिकप्टरको ब्ल्याक बक्स फेला
साउन २४, मेलबर्न, अष्ट्रेलिया । गत महिना सैन्य अभ्यासका क्रममा क्वीन्सल्याण्डको तटमा दुर्घटनाग्रस्त अष्ट्रेलियाली सेनाको हेलिकप्टरको ब्ल्याक बक्स फेला परेको छ।
खोजीमा निरन्तर लागि परिरहेको नौसेना गोताखोर टोलीले सोमबार उडान रेकर्डर फेला पार्न सफल भएको रक्षा विभागले जानकारी दिएको छ।
दुर्घटनाको अनुसन्धानमा सहयोग गर्नका लागि ब्ल्याक बक्स क्वीन्सल्याण्ड कोरोनरलाइ हस्तान्तरण गरिएको जानकारी रक्षा विभागले जानकारी दिएको छ।
विभागले मंगलबार दिउँसो एक विज्ञप्तिमा रिकभरी एक जटिल र कठिन अपरेशन रहने जानकारी दिएको छ।
जुलाई २८ मा तालिस्म्यान सेबर सैन्य अभ्यासको क्रममा भएको दुर्घटनामा जहाजमा रहेका चार जना विमान चालक दलका सदस्यहरूको मृत्यु भएको थियो। मृतकहरूमा क्याप्टेन ड्यानियल लियोन, लेफ्टिनेन्ट म्याक्सवेल न्युजेन्ट, वारेन्ट अफिसर क्लास टु जोसेफ लेकक र कर्पोरल अलेक्ज्याण्डर नग्स रहेका छन्।
गत हप्ता रिकभरी मिसनले ककपिटको भग्नावशेषमा मानव अवशेष फेला पारेको थियो। दुर्घटना क्षेत्रको खोजी कार्य अझै जारी रहेको रक्षा विभागले जानकारी दिएको छ।