अष्ट्रेलियाका पौडी खेलाडी काइल चाल्मर्सले गरे सन्यासको घोषणा
साउन २४, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका पौडी खेलाडी काइल चाल्मर्सले सन्यास लिने घोषणा गरेका छन्। अर्को वर्ष हुने ओलम्पिकपछि आफूले सन्यास लिने उनले घोषणा गरेका हुन्।
त्यतिबेलासम्म भने प्रतिस्पर्धा जारी राख्ने योजना बनाएको पनि उनले बताएका छन्।
बुधबार बिहान सेन रेडियोको अन्तर्वार्ताको क्रमा २५ वर्षीय चाल्मर्सले पेरिस २०२४ आफ्नो अन्तिम खेल हुने खुलासा गरेका हुन्।
“यो मेरो लागि अन्तिम ओलम्पिक हुनेछ… म २६ वर्षको हुनेछु,” चाल्मर्सले भने। “म मार्शलिङ कोठामा सबैभन्दा पुरानो हुँ। म बूढो हुनेछु र मेरो जीवनको अर्को अध्याय सुरु गर्न तयार हुनेछु।”
१८ वर्षको उमेरमा चाल्मर्सले सन् २०१६ को रियो ओलम्पिकमा १०० मिटर फ्रिस्टाइल स्वर्ण पदक जित्दै विश्वको नजरमा परेका थिए। उनको ४७.५८ को पौडीले विश्व जुनियर रेकर्ड पनि तोडेको थियो।
काँधको चोटले सताएपछि उनले आफ्नो खेल जिवन अपेक्षा गरे अनुसार अगाडी बढाउन सकेनन्। यद्यपी, २०२० टोकियो ओलम्पिकमा १०० मिटर फ्रिस्टाइलमा उनले रजत भने जिताएका थिए।
चाल्मर्सले २०२१ कजानमा भएको स्विमिङ विश्वकपमा १०० मिटर फ्रीस्टाइलको विश्व कीर्तिमान तोडेका थिए। त्यसैगरी, गत महिना जापानमा भएको विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पनि स्वर्ण जितेका थिए।