अष्ट्रेलियामा उद्धारकर्ताहरूले मुक्त गरे समुद्रमा फसेको हम्पब्याक ह्वेल


साउन २८, मेलबर्न, अष्ट्रेलिया । समुद्री उद्धार न्यू साउथ वेल्सका स्वयंसेवकहरूले आज बिहान राज्यको मध्य उत्तरी तटमा फसेको हम्पब्याक ह्वेललाई मुक्त गर्न मद्दत गरेका छन्।

न्यु साउथ वेल्स राष्ट्रिय निकुञ्ज र वन्यजन्तु विशेषज्ञहरूलाई बिहान ८ बजे व्हेल मुक्त गर्न मद्दत गर्नका लागउ एउटा डुङ्गा र चालक दल सहित खटाइएको थियो।

मरीन रेस्क्यू न्यु साउथ वेल्सले लिएको भिडियो फुटेजमा उद्धारको प्रयास र छोडिसकेपछिको दृश्य देखाइएको छ।उक्त ह्वेल ११ बजेपछि समुद्रमा छोडिएको बताइएको छ।

वन्यजन्तु विज्ञहरूले ह्वेल केमा फसेको भनेर अनुसन्धान गरिरहेका छन्।

जुनदेखि दशौं हजार हम्पब्याकहरू अन्टार्कटिकाबाट अष्ट्रेलियाको पूर्वी तटमा न्यानो पानीमा बसाइँ सर्छन्। सो क्रममा केही फस्ने समेत गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?