स्पेन पहिलो पटक विश्वकपको फाइनलमा


साउन ३०, मेलबर्न, अष्ट्रेलिया । स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको सेमिफाइनल खेलमा स्पेनले स्विडेनलाई २–१ गोलले हरायो ।

स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा दुवै टोलीबाट तीन गोल अन्तिम नौ मिनेटमा सम्भव भएको थियो ।

दुवै टोलीले गोलका लागि राम्रा अवसर बनाएपनि नतिजा स्पेनको पक्षमा गयो । स्पेनको जितमा सल्मा पारालुयलो र ओल्गा कार्मोनाले गोल गरिन् ।

स्विडेनका लागि रेबिका ब्लोमक्विस्टले सान्त्वना गोल गरिन् । ८१औं मिनेटमा पारालुयलोले गोल गर्दै स्पेनको उत्साह जगाउनुभयो । ८८औं मिनेटमा ब्लोमक्विस्टले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।

९०औं मिनेटमा कार्मोनाले गोल गर्दै स्पेनलाई फाइनल यात्रा तय गराइन् । स्पेनले नेदरल्यान्ड्सलाई हराइएर सेमिफाइनलमा स्थान बनाएको थियो । फाइन्लमा स्पेनले आयोजक अष्ट्रेलिया र इङ्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?