इन्डोनेसियाको समुद्रमा हराएका ४ अष्ट्रेलियन नागरिकमध्ये ३ जनाको सकुशल उद्धार


साउन ३१, मेलबर्न, अष्ट्रेलिया । इन्डोनेसियाको समुद्रमा हराएका चार जनामध्ये तीन अष्ट्रेलियन नागरिकहरू सकुशल फेला परेका छन्। चार दिनसम्म सम्पर्कविहीन रहेका उनीहरू सकुशल फेला परेपछि अधिकारीहरू हर्षित भएका छन्।

सार्वजनिक एक भिडियो फुटेजमा स्टेफ वेइस, विल टिगल र जोर्डन शर्ट आफ्नो सर्फबोर्डमा समुद्रमा तैरिरहेको देखिएको छ। थाकेका, भिजेका र डराएका तीनैजना उनीहरूलाई भेट्दा उद्धारकर्ताहरूसँगै भावुक भएका थिए।

यसअघि आइतबार राति खराब मौसममा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका परिवारका एक सदस्यले पुष्टि गरेको नाइन न्युजले जानकारी दिएको छ।

हराइरहेका युवकका बुबा पिटरले मिडियालाई दिएको जानकारी अनुसार उनका छोरा समूह छोडेर मद्दत खोज्न आफ्नो सर्फबोर्डमा गएका थिए। तर, उनी अहिलेसम्म सम्पर्कविहीन छन्।

चिन्तित र विरोधाभासी रिपोर्टहरूपछि पिटरले आफ्नो छोराबाट एक म्यासेज प्राप्त गरेका थिए। जसमा उनी जिवित रहेको बताइएको छ।

उनले इन्डोनेसियामा एक साथीबाट आफ्नो छोरा जीवित रहेको पुष्टि गर्ने सन्देश पनि प्राप्त गरेको बताएका छन्।

सिड्नीका ४ जना एक साथीको जन्मदिन मनाउन इन्डोनोसिया गएका थिए।

तीन स्थानीय चालक दलका सदस्यहरू पनि डुङ्गामा सवार थिए। जसमध्ये २ जना फेला परिसकेका छन्।

परराष्ट्र र व्यापार विभागका प्रवक्ताले यसअघि समूह बेपत्ता भएका व्यक्तिको खोजी र उद्धारकार्य जारी रहेको पुष्टि गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?