महिला विश्वकप फुटबलको फाइनल आज, उपाधिका लागि इंग्ल्याण्ड र स्पेनको भिडन्त
भदाै ३, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा जारी नवाैँ संस्करणको फिफा महिला विश्वकप फुटबलको आज समापन हुँदैछ। विश्वकपको फाइनलमा इंग्ल्याण्ड र स्पेनबिच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ।
यो खेल नेपाली समय अनुसार ३ : ४५ बजे सिड्नीको स्टेडियम अष्ट्रेलियामा हुनेछ।
स्पेन र इंग्ल्याण्ड महिला फुटबल इतिहासमा अमर हुनबाट एक जित मात्र टाढा छन्। यो २ टोली नै पहिलो पटक विश्वकप उठाउने लक्ष्यमा छन्। संयोग यी दुबै टोलीको पुरूष टिमले पनि १-१ पटक विश्वकप जितेका छन्।
सेमिफाइनलमा बलियो टोली स्विडेनमाथि जित निकाल्दै स्पेन विश्वकप इतिहासको पहिलो पटक फाइनलमा पुगेको थियो। स्विडेनमाथि २-१ जित निकाल्दा तीन गोल नै दोश्रो हाफको १० मिनेटमा भएका थिए।
त्यसैगरी, इंग्ल्याण्डले भने आयोजक अष्ट्रेलियामाथि ३-१ गोल अन्तरको सानदार जित निकाल्दै फाइनलको टिकट काटेको थियो।
स्पेन र इंग्ल्याण्ड अहिलेसम्म ११ पटक एकअर्काविरूद्ध उत्रिएका छन्। जसमा ६ खेलमा इंग्ल्याण्डले जित निकाल्दा जम्मा २ खेलमा स्पेनले जितेको छ। ३ खेल बराबरीमा सक्किएका छन्।