फुटबलर विमल घर्तीले गरे विवाह
भदौ ३, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर बैबाहिक बन्धनमा बाधिएका छन्। उनले प्रेमिका लिना प्रधानसँग विवाह गरेका हुन्।
विमलले आइतबार काठमाडौंको भद्रकाली मन्दिरमा परिवारजनको उपस्थितिमा सामान्य तरिकाले विवाह गरेको बताइएको छ। लिना र विमलबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो।
विमलले शुक्रबारबाट केही दिनका लागि राष्ट्रिय टिमको क्लोज क्याम्पबाट विदा लिएका थिए।