सिड्नीको घरमा रेडियोएक्टिभ फेला, तीन जनालाई अस्पताल लगियो
भदाै ४, मेलबर्न, अष्ट्रेलिया । दक्षिणी सिड्नीको एक घरमा रेडियोधर्मी (रेडियोएक्टिभ) पदार्थ भेटिएपछि तीन जनालाई अस्पताल लगिएको छ।
केही घण्टासम्म अर्नक्लिफको घर भित्र विषाक्त, आणविक वा जैविक खतराको चेतावनी दिएर घर वरिपरी सिल गरिएको थियो।
अष्ट्रेलियन बोर्डर फोर्स (एबीएफ)का अधिकारीहरूले दमकलको सहयोगमा अपरेसन गरेको पुष्टि गरेको छ। फायर एण्ड रेस्क्यू न्यू साउथ वेल्सले कम गुणस्तरको रेडियोएक्टिभ आइसोटोप फेला पारेको बताएको छ।
उक्त सामग्री उपयुक्त र प्रभावकारी कन्टेनरमा विकिरण ननिस्किएको भेटिएको अधिकारीहरूले बताएका छन्।
नजिकैका बासिन्दाहरूलाई सावधानीको रूपमा खाली गरियो र त्यसपछि केल्सी स्ट्रिटमा उनीहरूको घर फर्काइएको बताइएको छ।
वातावरण संरक्षण प्राधिकरणद्वारा गरिएको थप परीक्षणबाट जोखिमको कुनै प्रमाण फेला नपरेको बताइएको छ।