मेलबर्न युनिभर्सिटी अष्ट्रेलियाकै सर्वोत्कृष्ट घोषित


भदाै ६, मेलबर्न, अष्ट्रेलिया । मेलबर्न युनिभर्सिटी अष्ट्रेलियाकै सर्वोत्कृष्ट युनिभर्सिटी घोषित भएको छ। अन्तरराष्ट्रिय वरीयताको हिसाबमा उक्त युनिभर्सिटी मुलुककै सर्वोत्कृष्ट भएको हो।

यद्यपी, पछिल्लो वर्षको तुलनामा यसको स्थान भने केही खस्किएको छ।

विश्व विश्वविद्यालयहरूको २०२३ एकेडेमिक वरियतामा मेलबर्न तीन स्थान झर्दै ३५ औं स्थानमा पुगेको छ। सिड्नी युनिभर्सिटीमा सबैभन्दा ठूलो गिरावट आएको उक्त वरियताले देखाएको छ। उक्त युनिभर्सिटि जुन १२ स्थान तल झरेर ७२ औं स्थानमा पुगेको छ।

त्यस्तै, न्यु साउथ वेल्स युनिभर्सिटी पनि ६४ बाट ७१ औं स्थानमा पुगेको छ। त्यसैगरी, युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाले उत्कृष्ट १०० मा पर्ने उक्त राज्यको एक मात्रै विश्वविद्यालय भएको छ। पछिल्लो वर्ष ९६  औं स्थानमा रहेको यो विश्वविद्यालय यो वर्ष भने ९९औं स्थानमा पुगेको छ।

समग्रमा,  एकाडेमिक र्याङ्किङ अफ वर्ल्र्ड युनिभर्सिटिजको वरियताको शीर्ष १०० मा अष्ट्रेलियाका १५ वटा विश्वविद्यालय परेका छन्। गत वर्ष १८ वटा उक्त सूचीमा परेका थिए।

हार्वर्ड, स्ट्यानफोर्ड र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी फेरि उक्त वरियताको  शीर्ष तीन स्थान कब्जा गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?