अष्ट्रेलियामा कारमा बेहोस अवस्थामा भेटिएका १८ महिने बालकको मृत्यु
भदाै ७, मेलबर्न, अष्ट्रेलिया । कारमा बेहोस अवस्थामा फेला परेका बालकको निधन भएको छ। फिट्जरोय क्रसिङको दुर्गम क्षेत्रमा फेला परेका बालकको मंगलबार निधन भएको हो।
मंगलबार दिउँसो ३ बजेतिर नगरको सरकारी कार्यालयबाहिर एउटा गाडीमा १८ महिनाको बालक फेला परेका थिए। उनलाई तत्काल अस्पताल पुर्याइएता पनि उनको ज्यान बचाउन असमर्थ भइएको हो।
प्रहरीले उक्त बच्चाको बारेमा सोधपुछ गरिरहेको जानकारी दिएको छ। प्रमुख अपराध अधिकारीहरू ब्रूमको ४०० किलोमिटर पूर्वमा समेत अनुसन्धानका लागि जाँदै गरेको बताइएको छ।
बच्चा कति समयसम्म कारमा थियो भन्ने कुरा स्पष्ट भइसकेको छैन तर अधिकारीहरूले विभिन्न कोणबाट अनुन्धान गरिरहेको जानकारी दिएका छन्।