अष्ट्रेलियामा आफ्नै अफिसमा काम गर्ने किशोरीलाई याैन दुर्व्यवहार गर्ने लुइटेल १ लाख धराैटीमा छुटे


भदाै ७, मेलबर्न, अष्ट्रेलिया । काममा गएको पहिलो दिननै एक किशोरीलाई उनका हाकिमले रक्सी पिएर बलात्कार गरेको अभियोग लागेको छ।

सिड्नीको इनर वेस्टस्थित एशफिल्डमा वाइज क्लिनिङ सञ्चालन गर्ने आशिष लुइटेललाई जुन महिनामा भएको घटनाको सम्बन्धमा सहमतिबिना यौनसम्पर्क गरेको दुईवटा आरोप लगाइएको छ।

तीन साता अघिमात्रै अष्ट्रेलिया आइपुगेर १८ वर्षीया युवती र उनकी २१ वर्षीया दिदीले लुइटेलको व्यवसायमा जागिरको लागि आवेदन दिएका थिए।

व्यवसायले ‘ऊर्जावान र सक्रिय अफिस एडमिन अफिसर (केटी)’ को लागि विज्ञापन गरेको थियो। सोही अनुसार उनीहरूले कामका लागि निवेदन दिएका थिए।

कामको पहिलो दिन किशोरीलाई कथित रूपमा दिउँसो एक पार्टीको लागि लुइटेलको कार्यालयमा बोलाइएको थियो। त्यहाँ उनलाई रूपमा टकीला खान दबाब दिइएको बताइएको छ।

टकिलाका कारण गम्भीर नसामा भएकी किशोरीलाई लुइटेलले आफ्नो अफिसमा लगेर कुटपिट समेत गरेको अभियोग लगाइएको छ।

सिड्नी मर्निङ हेराल्डका अनुसार ती किशोरी घटना भएको समयमा महिनावारीको समयमा रहेेको समेत बताइएको छ।

१८ वर्षीया किशोरीलाई पहिलो दिनको काम अघि तीन घण्टाको ट्रायल शिफ्ट दिइएको अस्पतालमा बताइएको छ। ट्रायल सिफ्टको क्रममा लुइटेल र उनका सहकर्मी निकेश बरालले उनलाई मादक पदार्थ सेवन गर्न प्रोत्साहन गरेको आरोप छ।

लुइटेलले सप्ताहन्तमा किशोरीलाई पार्टी गर्न मनपर्छ कि भनेर सोधेको पनि बताइएको छ।  उनको पहिलो शिफ्टको क्रममा उनलाई लुइटेलको कार्यालयमा ‘पार्टीका लागि’ बोलाइएको थियो। अदालतका कागजातहरू अनुसार उनले टेबलमा व्हिस्की र टकीलाको बोतल राखेका थिए। सो क्रममा ती किशोरीले कम्तीमा तीन सट टकिला लिएको बताइएको छ।

किशोरीले बाथरुममा बान्ता गरेपछि बरालले उनलाई स्टोररुममा लगे जहाँ लुइटेलले उनलाई भेटे। लुइटेलले उनलाई आफ्नो कार्यालयमा ल्याए जहाँ उनी फेरि बिरामी भइन्।

त्यसपछि लुइटेलले ती किशोरीलाई बारम्बार प्रेमी छ की छैन भन्दै पिटेको अदालतमा बयान दिइएको छ।

१८ वर्षीया किशोरी त्यसपछि अफिसबाट निस्किएर नजिकैको रेल स्टेसनमा पुगिन् जहाँ बरालले उनलाई अत्यधिक मादक पदार्थले लड्डिएको अवस्थामा भेटे।

त्यसपछि सोही ठाउँमा पुगेर लुइटेलले किशोरीलाई घरसम्म पुर्याइदिने प्रस्ताव गरेका थिए। तर, पीडित किशोरीले उनको प्रस्ताव अस्वीकार गरिन्।

उनले आफ्नी दिदीलाई फोन गरिन् र पुलिसलाई बोलाइन्।

अर्को दिन बुरवुड अनुसन्धान अधिकारीहरूले छापा मार्दा कार्यालयको भुइँमा वीर्य, रगत र र्यालहरू फेला पारेको बताइएको छ।

लुइटेललाई उनकी श्रीमती र अर्की एक महिलाले एक लाख डलर धराैटी बुझाएपछि जमानत दिइएको छ। उनी यसै महिनाको अन्त्यमा अदालतमा उपस्थित हुनेछन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?