मेलबर्नको विद्यालयमा शिक्षकलाई कुटपिट गर्ने तीन किशोरी पक्राउ


भदाै १०, मेलबर्न, अष्ट्रेलिया । मेलबर्नको एक विद्यालयमा चारजना शिक्षकलाई कुटपिट गर्ने तीन किशोरीलाई पक्राउ गरिएको छ। विद्यार्थीहरूको झगडा छुट्याउने प्रयास गर्ने शिक्षकलाई कुटपिट गरेको अभियोगमा उनिहरूलाई पक्राउ गरिएको हो।

मंगलबार साँझ ४ बजे तार्नेत सिनियर कलेजमा हिंसा भड्किएपछि प्रहरी र प्यारामेडिक बोलाइएको थियो। विद्यालय परिसरमा एक विद्यार्थीलाई पाँच किशोरले आक्रमण गरेपछि हिंसा भड्किएको थियो।

झगडाको क्रममा एक विद्यार्थीलाई जोगाउन खोज्दा चार शिक्षकहरूलाई कुटपिट गरिएको रिपोर्ट गरिएको छ। उनीहरूलाई टाउकोमा लात हानेको र एक शिक्षकलाई भुइँमा लडाएर हिर्काइएको भिडियो समेत बाहिरिएको छ।

प्रहरीले यस घटनामा संलग्न भएका पाँच जनालाई सोही दिन घटनास्थलबाट नै पक्राउ गरेको थियो। ती मध्ये एक १९ वर्षीय पूर्व विद्यार्थीलाई अपमानको आरोप लगाइएर अदालतमा लगिएता पनि जमानतमा रिहा गरिएको थियो।

तर्नेतका अन्य चार जना युवालाई कुटपिट र गैरकानूनी आक्रमणको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ। त्यस्तै, शनिबार बिहान  झगडा गरेको आरोपमा १३, १४ र १५ वर्षका तीन किशोरीलाई पक्राउ गरिएको जानकारी दिइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?