अष्ट्रेलियामा जुम्ल्याहा दिदीबहिनीले एकै दिन एउटै हस्पिटलमा जन्माए बच्चा, ताैल पनि एकदमै बराबर


भदाै १२, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलिया जुम्ल्याहा दिदीबहिनीले एकै दिन एउटै हस्पिटलमा बच्चालाई जन्म दिएका छन्।

३६ वर्षीया जुम्ल्याहा गिलियान गोगास र निकोल प्याट्रिकाकोसले पूर्वी मेलबर्नको एपवर्थ फ्रीमेसन अस्पतालमा एउटै दिनमा बच्चा जन्माएका हुन्। सो क्रममा गिलियनले उनीहरू दुवैले उनीहरूको मिल्दो प्रसूति अनुभवमा भावनाहरूको मिश्रण महसुस गरेको प्रतिक्रिया दिएकी छन्।

गिलियनको छोरा अलेक्ज्याण्डर अगस्ट २२ तारिखमा १ः २० मा जन्मिएका थिए। त्यसको पाँच घण्टापछि बहिनी निकोलका छोरा विलियमको जन्म भएको बताइएको छ।

निकोलले बहिनीहरूको एउटै मिति भएका कारण डुप्लिकेट डेलिभरीहरू हुनुपर्ने जस्तो देखिएको बताइन्।

“हामी धेरै नजिक हुर्केका थियौं। हामीले जहिले पनि सबै कुरा सँगै गर्यौं त्यसैले यो यसको अर्को उदाहरण हो,” उनले भनिन्।

जुम्ल्याहा बच्चालाई एउटै प्रसूति विशेषज्ञ डा जोसेफ स्ग्रोईले जन्मका क्रममा उपचार गरेका थिए। शीर्ष डाक्टरले जुम्ल्याहा जन्म उनको र एपवर्थ फ्रीमेसन मेडिकल टोलीका लागि पहिलो भएको बताए।

“यो सामान्य कुरा होइन। दिदीबहिनीले पनि एकै समयमा वा एकै दिन बच्चा जन्माउनु सामान्य कुरा होइन,” उनले भने।

नवजात शिशुहरूको ताैल पनि एकदमै समान भएको बताइएको छ। स्वास्थ अवस्थाका उनीहरूको ताैज ३.५ किलोग्राम रहेको चिकित्सकले बताएका छन्।

निकोल र गिलियन दुबै मेलबर्नको भित्री उत्तरी क्षेत्रमा नजिकै बस्ने बताएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?