अष्ट्रेलियाको छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, अष्ट्रेलियामा छैन सुनामीको खतरा


भदाै १२, मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको छिमेकी मुलुकमा शक्तिशाली भूकम्प गएको छ। मंगलबार बिहान बालीमा शक्तिशाली भूकम्प गएको छ हो।

७.१ म्याग्निच्युडको भूकम्पले इन्डोनेसियालाई बिहान ५.५५ बजे एईएसटीमा धक्का दिएको जानकारी दिइएको छ। जियोसाइन्स अष्ट्रेलियाका अनुसार उक्त भूकम्प ५१४ किलोमिटर गहिराइमा डेनपासारको उत्तर-पूर्वमा गएको हो।

मौसम विज्ञान विभागका अनुसार अष्ट्रेलियामा अहिले सुनामीको खतरा छैन। भूकम्प गएसँगै बालीमा भएकाहरूले सामाजिक सञ्जालमा विभिन्न खालका पोस्टहरू गरिरहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?