विश्वमै पहिलो पटक अष्ट्रेलियन महिलाको मस्तिष्कमा भेटियो ३ इन्च लामो जीवित किरा !
भदाै १४, मेलबर्न, अष्ट्रेलिया । विश्वमै पहिलो पटक एक अष्ट्रेलियन महिलाको मस्तिष्कमा ८ सेमी (३ इन्च) को कीरा जीवितै भेटिएको वैज्ञानिकहरूले बताएका छन्।
गत वर्ष क्यानबेरामा शल्यक्रिया गर्दा बिरामीको क्षतिग्रस्त फ्रन्टल लोबबाट “स्ट्रिङ जस्तो वस्तु” निकालिएको थियो। उक्त शल्यक्रियामा सहभागी सर्जन हरिप्रिया बान्डीले यो घटनाबाट सबै चकित भएको प्रतिक्रिया दिएकी छन्।
६४ वर्षीया ती महिलाले महिनौंदेखि पेट दुख्ने, खोकी लाग्ने र राति पसिना आउने जस्ता लक्षणहरू सामना गरेकी थिइन्। पछि यो समस्या बिर्सने र डिप्रेसनमा परिणत भएको थियो।
उनलाई जनवरी २०२१ को अन्तमा अस्पतालमा भर्ना गरिएको थियो। पछि उनको गरिएको स्क्यानलेमा मस्तिष्कको दाहिने फ्रन्टल लोब भित्र एक अस्वभाविक वस्तु देखिएको थियो। तर उनको अवस्थाको कारण जून २०२२ मा बायोप्सीको क्रममा डा बन्दीले पत्ता लगाएकी थिइन्।
रातो परजीवी उनको मस्तिष्कमा दुई महिनासम्म जीवित हुनसक्ने चिकित्सकहरूले बताएका छन्।
अहिले दक्षिण-पूर्वी न्यू साउथ वेल्स राज्यको एक ताल क्षेत्र नजिकै बस्ने ती महिलाको अवस्था राम्रो भएको चिकित्सकहरूले जानकारी दिएका छन्।
उनको केस मानव मस्तिष्कमा लार्भा आक्रमण र विकासको पहिलो उदाहरण भएको विश्वास गरिएको छ। यस विषयमा विज्ञहरूको टोलीले थप अध्ययन र अनुसन्धान जारी राख्ने बताइएको छ।