अष्ट्रेलियामा सैनिकको गाडी दुर्घटना, ७ सैनिक अस्पताल भर्ना
भदाै १५, मेलबर्न, अष्ट्रेलिया । नर्थन टेरिटोरीमा एक बुशमास्टर (सैन्य) गाडी दुर्घटना भएको छ।
नर्थन टेरिटोरी प्रहरीले बुधवार राति ९ बजे करिब ३० किलोमिटर दक्षिण-पूर्व डार्विनको हावर्ड स्प्रिंग्समा सैन्य गाडीको एकल सवारी दुर्घटनाको बारेमा कल प्राप्त गरेको जानकारी दिएको छ।
रक्षा विभागले बुशमास्टरका रूपमा चिनिने अष्ट्रेलियन आर्मी प्रोटेक्टेड मोबिलिटी भेहिकल दुर्घटना संलग्न भएको पुष्टि गरेको छ। योसँगै अष्ट्रेलियामा एक महिनामा तेस्रो सैन्य दुर्घटना भइसकेको छ।
सात सैनिकहरूलाई उपचारको लागि रोयल डार्विन अस्पताल लगिएको प्यारामेडिकहरूले पुष्टि गरेका छन्।
“यस विषयमा रक्षा विभागले अनुसन्धान गरिरहेको छ र आवश्यक भएमा प्रहरीले अनुसन्धानमा सहयोग गर्नेछ,” प्रहरीले विज्ञप्तीमार्फत जानकारी दिएको छ।
यसभन्दा अघि अगस्ट २७ मा उत्तरी क्षेत्रको तिवी टापुहरू मध्ये एउटामा ओस्प्रे विमान दुर्घटना हुँदा तीन अमेरिकी मरीनको मृत्यु भएको थियो।
त्यस्तै, जुलाई २८ मा क्विन्सल्याण्डको ह्यामिल्टन टापु नजिकै MRH-90 Taipan हेलिकप्टर दुर्घटना हुँदा चार अष्ट्रेलियाली सैनिकको मृत्यु भएको थियो।