एसिया कप : नेपालको एक सय रन पूरा


भदौ १८, काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ। श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २१ दशकमलव ५ ओभरमा ओभरमा चार विकेट गुमाउदै एक सय रन कटाएको हो।

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो भने दोस्रो विकेटको रुपमा भिम सार्कीलाई गुमायो। त्यस्तै नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेल आउट भए। कुशलले ३८ रन बनाए भने भिमले सात तथा रोहितले पाँच रन जोड्दै बाहिरिए।

अहिले क्रिजमा सुरुआती व्याट्सम्यान आशिफ शेख र गुलशन झा क्रिजमा छन् । आशिफले ७६ बलमा सात चौकाको सहयोगमा ४५ रन बनाएर खेलिरहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?