अष्ट्रेलियाको बाल हेरचाह केन्द्रमा बालकको मृत्यु भएपछि अनुसन्धान सुरू


भदाै २०, मेलबर्न, एजेन्सी । डार्विनको बाल हेरचाह केन्द्रमा भएको घटनापछि प्रहरीले एक बालकको अचानक मृत्युकोबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

सेन्ट जोन एनटीका प्रवक्ताले अगस्ट ३१ मा हम्प्टी डूको बाल हेरचाह केन्द्रमा एउटा घटनामा प्यारामेडिकहरूलाई बोलाइएको जानकारी दिएका छन्। त्यसपछि बालकलाई गम्भीर अवस्थामा रोयल डार्विन अस्पताल लगिएको प्रवक्ताले बताए ।

नर्थन टेरिटोरी प्रहरीले दुई दिनपछि बालकको मृत्यु भएको पुष्टि गरेको छ।

“नर्थन टेरिटोरी पुलिसले शनिबार २ सेप्टेम्बर २०२३ मा डार्विनमा एक बच्चाको अप्रत्याशित मृत्यु पछि अनुसन्धान गरिरहेको छ,” प्रहरीले भनेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?