वेस्टर्न अष्ट्रेलियामा माछा मार्न जाँदा हराएका दोश्रो व्यक्तिको शव फेला


भदाै २५, मेलबर्न, अष्ट्रेलिया । वेस्टर्न अष्ट्रेलियामा माछा मार्न जाँदा हराएका मध्ये २ जनाको शव फेला परेको छ। गत हप्ता स्नोयी माउन्टेन्स क्षेत्रमा हराएका दोश्रो व्यक्तिको शव प्रहरीले फेला पारेको हो।

सेप्टेम्बर ६ तारिखमा एडमिनबी नजिकैको युकुम्बेन तालमा माछा मार्न गएका २ जना सम्पर्क विहीन भएको खबर प्रहरीलाई गरिएको थियो। त्यसपछि ७३ वर्षीय दुई पुरूषको खोजी सुरू गरेको थियो।

उनीहरूको प्रहरीसँगै गोताखोर, न्यु साउथ वेल्स मरीन रेस्क्यु, स्वयंसेवक र हवाइ टोली समेत मिलेर झाडी र पानीमा खोजी गरेका थिए।

व्यापक खोजीपछि आइतबार बिहान युकुम्बेन बाँधमा एक पुरुषको शव फेला परेको थियो। त्यस्तै, सोमबार पनि अर्का व्यक्तिको शव फेला परेसँगै खोजी कार्य समाप्त भएको छ।

अहिले प्रहरीले घटनाबारे अनुसन्धान गर्ने र रिपोर्ट तयार पार्ने काम गरिरहेको बताइएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?