अन्टार्कटिकामा बिरामी परेका अनुसन्धानकर्ताको अष्ट्रेलियाले गर्यो उद्धार


भदाै २७, मेलबर्न, अष्ट्रेलया । अष्ट्रेलियाले हिउँको महादेश अन्टार्कटिकाबाट एक बिरामी अन्टार्कटिक अनुसन्धानकर्तालाई सफलतापूर्वक उद्धार गरेको छ।

अज्ञात रोगका कारण सिकिस्त भएका अनुसन्धानकर्तालाई उद्धार गर्नका लागि गत हप्ता नै आपतकालीन उद्धार अभियान सुरु गरिएको थियो। मिसनका लागि मेडिकल रिट्रिभल टोली, एउटा ठूलो आइसब्रेकर जहाज र दुईवटा हेलिकप्टर आवश्यक परेको थियो।

अहिले उद्धार गरिएर ती व्यक्तिलाई तास्मानिया लगिएको छ। त्यहाँ उनी विशेषज्ञ टोलीको सुक्ष्म हेरचाहमा रहनेछन्।

सोमबारको अपडेटमा अष्ट्रेलियाको अन्टार्कटिक कार्यक्रम (एएपी) ले अनुसन्धानकर्तालाई आइसब्रेकर आरएसभी नुयिनामा उद्धार गरिएको बताएको छ।

अनुसन्धानकर्ता भएसम्म पुग्न जहाजले ३,००० किलोमिटर (१,८६० माइल)भन्दा बढी यात्रा गरेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?