क्वान्टासले कोभिड–१९को महामारीमा १७०० कामदारलाई अवैध रूपमा बर्खास्त गरेको अदालतको ठहर


भदाै २८, मेलबर्न, अष्ट्रेलिया । क्वान्टासले कोभिड–१९ महामारीका बेला करिब १७०० कामदारलाई अवैध रूपमा बर्खास्त गरेको पाइएको छ।

बुधवार दिइएको उच्च अदालतको फैसलाले संघीय अदालतले गरेको दुईवटा निर्णयलाई समर्थन गरेको छ। जसमा ब्यागेज ह्यान्डलर, क्लिनर र ग्राउन्ड स्टाफको आउटसोर्सिङ गैरकानूनी भएको बताइएको छ।

न्यायाधीश किफेल, गेगलर, ग्लेसन र जगोटद्वारा गरिएको फैसलामा भनिएको छ, ‘यदि कसैले अर्को व्यक्तिलाई आफ्नो कार्यस्थलको अधिकारको प्रयोग गर्नबाट रोक्ने मुख्य नियतले कारबाही गर्छ भने फेयर वर्क एक्टको धारा ३४० अनुसार कारबाही गरिएको समयमा व्यक्तिसँग ती अधिकारहरू नभए पनि यो कानूनको विरुद्ध हो।’

अदालतको यो फैसलासँगै बर्खास्तमा परेका कर्मचारीहरूले अदालत परिसरमा नै खुसी व्यक्त गरेका थिए।

फैसलाको समयमा अदालतमा उपस्थित भएका अष्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियनका सचिव स्याली म्याकमानुसले सामाजिक सञ्जालमा तस्बिर राख्दै कामदारहरूले उच्च अदालतमा क्वान्टास विरुद्ध जितेको र यसमा कामदारहरूको समर्थन रहेको उल्लेख गरेका छन्।

यातायात मजदुर युनियनले क्यारियर विरुद्ध कानुनी कारबाही गरेपछि क्वान्टासले इन्टरप्राइज बार्गेनिङ अधिकारबाट बच्न आफ्नो ग्राउन्ड अपरेशन आउटसोर्सिङमा फेयर वर्क ऐन उल्लंघन गरेको फेला परेको थियो।

२०२० मा कामदारहरूलाई फिर्ता गर्ने एयरलाइनले महामारीको कारण अरबौं डलर गुमाएको छ। जसले उड्डयन क्षेत्रमा ठूलो सङ्कट फैला गरेको छ।

तर, पछिल्लो वर्षमा भने क्वान्टासले १.२ बिलियन डलर नाफा कमाएको रिपोर्ट सार्वजनिक भएको थियो।

आउटसोर्स गर्ने निर्णय गर्दा संरक्षित औद्योगिक कारबाही गर्ने अधिकार नभएकाले यसले कर्मचारीको कार्यस्थलको अधिकार हनन हुन नसक्ने क्वान्टासको तर्क छ। तर, एक विज्ञप्ती जारी गर्दै क्वान्टासले कर्मचारी हटाउने निर्णयबाट व्यक्तिगत रूपमा परेको असरबारे भने माफी मागेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?