इलेक्ट्रिक कारको ब्याट्रीबाट सल्किएको आगोले सिड्नी एयरपोर्टका पाँच वटा कार जलेर नष्ट
भदाै २९, मेलबर्न, अष्ट्रेलिया । सिड्नी एयरपोर्टमा आगलागी हुँदा पाँचवटा कार जलेर नष्ट भएका छन्। लक्जरी इलेक्ट्रिक कारको ब्याट्रीबाट सल्किएको आगोका कारण पाँच वटा कार जलेका हुन्।
मस्कटको एयरपोर्ट ड्राइभको पार्किङमा रहेको कारमा लागेको आगो अन्य चारवटा गाडीमा फैलिँदा उक्त क्षति भएको जानकारी दिइएको छ।
फायर एण्ड रेस्क्यु न्यु साउथ वेल्सले लक्जरी कारबाट निकालिएको लिथियम-आयन ब्याट्रीकै कारण उक्त आगलागी भएको पुष्टि गरेको छ।
फायर एण्ड रेस्क्यु न्यु साउथ वेल्स तथा एभिएसन रेस्क्यु फायरफाइटिङ सर्भिसको संयुक्त पहलमा आगलागी नियन्त्रणमा लिइएको थियो।
वैकल्पिक र नवीकरणीय ऊर्जा टेक्नोलोजीको सुरक्षा टोलीका अनुसन्धानकर्ताहरूले आगलागि पछिको अवस्था निरीक्षण गरिरहेका कारण घटनाबारे अनुसन्धान जारी रहेको बताइएको छ।