जितका लागि भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य


असोज १६, काठमाडौँ । १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनल भारतले ४ विकेटको क्षतिमा नेपाललाई २०३ रनको लक्ष्य दिएको छ।

भारतीय बायाँ हाते युवा ब्याटर यशस्वी जैसवालले नेपालविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन्। योसँगै जैसवाल टि२० आईमा भारतबाट कम उमेरमा शतक हान्ने खेलाडी बनेका छन्।

नवौं ओभरमा नेपालले पहिलो सफलता पाएको थियो। नवौं ओभरको पाँचौ बलमा भारतीय कप्तान ऋतुराज गायकवाड आउट भए। दीपेन्द्रसिंह ऐरीको बलमा रोहित पौडेलबाट उनी क्याच आउट भएका हुन्।

तिलक बर्मालाई सोमपाल कामीले १२ औं ओभरको चौथो बलमा २ रनमा बोल्ड आउट गरे। जितेश शर्मा सन्दीप लामिछानेको १३ औं ओभरको पाँचौं बलमा पाँच रनमा पभेलियन फर्किए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?