अष्ट्रेलियाका विभिन्न सहरमा कति बजे छ दशैँको टीकाको उत्तम साइत (विवरणसहित)


असोज २२, मेलबर्न, अष्ट्रेलिया । नेपाली हिन्दु धर्मावलम्बीहरूको महान पर्व बडादशैँको टीकाको विभिन्न मुलुकका शहरहरूमा उत्तम साइत सार्वजनिक भएको छ ।

पञ्चाङ्ग निर्णायक समितिको आइतबार बसेको बैठकले अष्ट्रेलिया लगायत अन्य मुलुकमा समेत टीकाको उत्तम साइत सार्वजनिक गरेको हो ।

समितिका अनुसार सिड्नीमा २४ अक्टोबार ११ बजेर १५ मिनेटमा टीकाको उत्तम साइत रहेको छ । त्यसैगरी, मेलबर्नमा भने ११ बजेर ३५ मिनेटमा उत्तम साइत भएको जानकारी दिइएको छ ।

ब्रिसबेनमा सोही दिन १० बजेर २५ मिनेटमा उत्तम साइत तोकिँदा अष्ट्रेलियाको राजधानी क्यानबेरामा भने ११ बजेर २१ मिनेटमा टीका लगाउँदा उत्तम हुने समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?