चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन


कार्तिक १०, काठमाडौँ । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघाटबाट निधन भएको छ। चिनियाँ सञ्चारमाध्यामका अनुसार हृदयाघातका कारण लीको निधन भएको हो। विहीबार मध्यरातमा उनलाई हृदयघात भएको जनाइएको छ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लीलाई अक्टुबर २६ को दिन अचानक हृदयाघात भएको र अक्टुबर २७ को दिन स्थानीय समयअनुसार राति १२ः१० मा उनको निधन भएको जनाएको छ। ६८ वर्षीय ली गत मार्चमा प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए।

उनी प्रधानमन्त्री हुँदा राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?