काठमाडौंमा १२ वर्षीया बालिका बलात्कृत


कार्तिक २४, काठमाडौँ । काठमाडौं महानगरपालिका–७ गौरीघाटस्थित मिलन चोकमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कार आरोपमा प्रहरीले ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीघाट नै बस्ने ६० वर्षीय तारानाथ दुलाल रहेका प्रहरीले जनाएको छ।

नाबालिकालाई बलात्कार गरेको कसुरमा पक्राउ परेका दुलालविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। गत असोज १९ गते साँझ दुलालले १२ वर्षीया बालिकालाई आफ्नो घरको कोठामा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

असोज १९ गते साथीहरुसँग खेल्न भनेर १२ वर्षीया बालिका घरबाट बाहिर निस्केकी थिइन्। त्यही बेला दुलालले कोठामा लगेर बलात्कार गरेको आरोप लागेको छ।

दुई पटकसम्म दुलालबाट बलात्कार भएपछि पीडित बालिकाले रुँदै आमालाई उक्त कुरा बताएकी थिइन्। त्यसपछि उनीहरुले प्रहरीमा जाहेरी दिएका थिए।

बलात्कार आरोपमा पक्राउ परेका दुलालविरुद्ध १२ वर्षीया बालिकालाई बलात्कार गरेकाले २० वर्ष कैद माग दाबी गर्दै मुद्दा चलाइएको छ। मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसमार १० वर्षभन्दा माथि र १४ वर्षभन्दा मुनिका बालिकालाई बलात्कार गरेमा १८ वर्षदेखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?