पूर्वमन्त्री रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश


मंसिर १५, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले सो आदेश दिएको हो। थुनामा रहनेमा इन्द्रजित राई, आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाललगायत छन्।

लक्ष्मी महर्जन र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ। यसअघि जिल्ला अदालत काठमाडौंले महर्जनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोजेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त खाणले थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। जसमा यही मंसिर ५ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?