एसीसी यू–१९ एशिया कपः नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
मंसिर २२, काठमाडौँ । यू–१९एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। युएईमा शुक्रबार भएको खेलमा नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६।२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।
पाकिस्तानको जितमा अजान अविसलले, नटआउट ५६ रनको अर्धशतकीय पारी खेल्दा कप्तान साद बागले पनि ५० रनको अर्धशतकीय योगदान दिए। यसैगरी मोहमद जिसनले २० रन बनाउँदा सहजीव खानले १५ रन जोडेका थिए। ओपनर सेयमुल हुसेनले भने खाता खोल्न सकेनन्।
नेपालका लागि गुलसन झाले २ विकेट लिँदा आकाश त्रिपाठीले १ विकेट हात पारे। पहिला ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा सवै विकेट गुमाएर १५२ रन बनाएको थियो। नेपालका उत्तम थापा मगरले ५१ रनको अर्धशतकीय पारि खेल्दा दिपेश कँडेलले ३१ रन बनाए। अर्जुन कुमालले २१ रन जोडेका थिए। अन्य खेलाडीको प्रदर्शन विर्सन लायक रह्यो।
नेपालका तिलक भण्डारीले ७ रन जोड्दा आकाश त्रिपाठीले ६ रन जोडे। यसैगरी सुवास भण्डारीले ८ रनको नटआउट पारि खेल्दा आकाश चन्द ५ रन बनाएर अन्तिम विकेटको रुपमा आउट भएका थिए। पाकिस्तानका मोहमद जिसनले सर्वाधिक ६ खेलाडीलाई आउट गर्दै नेपालको पारि ध्वस्त बनाएका थिए। अमिर हसनले २ विकेट लिए।