‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम अस्पतालमा भर्ना


पुस १, काठमडाौँ । ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमलाई अस्प्ताल भर्ना गरिएको छ। उनलाई पाकिस्तानको कराँचीस्थित एक अस्पतालमा भर्ना गरिएको भारतीयसंचारमाध्यामले जनाएका छन्।

विष सेवनका कारण उनलाई अस्पताल लगिएको अनुमान गरिए पनि आधिकारिक पुष्टि हुन नसकेको समाचारमा बताइएको छ।

दाउदलाई अस्पतालभित्र कडा सुरक्षा घेरामा राखिएको छ। अस्पतालमा भर्ना हुनुको कारणबारे अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन भनेर लाइभ मिनिटले उल्लेख गरेको छ।

सन् १९९३ को मुम्बई बम विस्फोटका ‘मास्टरमाइन्ड’ र भारतको ‘मोस्टवान्टेड’ दाउद दशकौँदेखि पाकिस्तान बस्दै आएको बताइएको छ। उक्त बम विस्फोटमा परी २५० भन्दा बढी मानिस मारिएका थिए भने धेरै मानिस घाइते भएका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?